Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईसीसी विश्वकप लिग टू: नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप लिग टू: नेपाल र अमेरिका भिड्दै


  • 2.7K
    Shares

    आईसीसी विश्वकप लिग टू: नेपाल र अमेरिका भिड्दै

    आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेलमा अमेरिकासँग खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।

    सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ  । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्ने योजनामा छ । आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । सिरिजमा आफूलाई बलियो बनाउन आजको खेलमा जित निकाल्दै पर्ने दबाब छ ।

    यता अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल तुलनात्मक हिसाबमा अमेरिकाभन्दा बलियो टोली हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ ।

    लिग टू को अंक तालिकामा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । यता अमेरिका २२ खेलमा २६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । 

    प्रकाशित मिति :जेठ २८ २०७९ शनिवार - १४:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij