२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता आयोजना गरेको हो ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । दुई टोलीबीचको उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको खेलमा दर्शकहरु निःशुल्क प्रवेश गर्न पाउनेछन् । महिला लिग पहिलोपटक आयोजना गरिएको हो ।
राष्ट्रिय महिला लिगमा सात टिमको सहभागिता छ । पुलिस, आर्मीसँगै एपिएफ क्लब, उदयरपुरको चौदन्डीगढी नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका रहेका छन् ।
दशरथ रंगशालामा राष्ट्रिय महिला लिगको उद्घाटन र लिगको अन्तिम खेल गरी दुई खेल मात्रै हुनेछ । बाँकी खेल भने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij