Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै


  • 3.8K
    Shares

    नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

    एएफसी एसियन कप क्वालीफायरको तयारीमा रहेको नेपाली टिमले आज ओमानसँग अभ्यास खेल खेल्दै छ। कतारमा रहेको नेपाली टिमले नेपाली समय अनुसार राति पौने १० बजे ओमानसँग खेल्ने छ।

     यसअघि टिमोर लिस्टेसँग नेपालले २–२ गोलको बराबरी खेलेको थियो। आजको खेल पछि नेपाल एएफसी क्वालीफायरका लागि कुवेत जाने छ। कुवेतमा नेपालले घरेलु टोलीसहित इन्डोनेशिया र जोर्डनसँग खेल्ने छ। 

    नेपालले जुन ८ मा जोर्डनसँग खेल्ने छ भने ११ तारिखमा घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गर्ने छ। जुन १४ मा इन्डोनेशियासँग खेल्ने छ। 

    प्रकाशित मिति :जेठ २० २०७९ शुक्रवार - १०:३७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij