२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ ।
भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् । दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत पुगेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij