Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ बेपत्ता

इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ बेपत्ता


  • 3.3K
    Shares

    इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ बेपत्ता

    इरानको राजधानी तेहरानमा एक भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन्। आइतबार १० तले भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता भएका छन्।

    त्यहाँको तासनिम समाचार समितिले दिएको जानकारी अनुसार उक्त भवनमा परेकाहरूको उद्धार कार्य जारी रहेको छ। इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले हेरान प्रान्तको अब्दान सहरमा उक्त घर भत्किँएको हो।

    गभर्नर खालियानले उक्त दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेर यहाँका समाचारदातालाई  दिएको जानकारी अहिलेसम्म मृत्यु भएका २९ जनाको शव निकालिएको छ। उनका अनुसार मृत्यु भएका मध्ये केहीको पहिचान खुल्न बाँकी रहेको छ।

    सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो। सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवनको निर्माण भइरहेको थियो। हराएकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ।

    प्रकाशित मिति :जेठ १६ २०७९ सोमवार - १३:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij