Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अमेरिकामा कोरोना : २ करोड ४६ लाखभन्दा बढीमा संक्रमण

अमेरिकामा कोरोना : २ करोड ४६ लाखभन्दा बढीमा संक्रमण


  • 5.9K
    Shares

    अमेरिकामा कोरोना : २ करोड ४६ लाखभन्दा बढीमा संक्रमण
    images

    काठमाडौँ । अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४६ लाख २६ हजार ३७६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४५ लाख ५१ हजार ६८५ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ९६ लाख ६६ हजार ७१ जनामध्ये २८ हजार ५५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४२२ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो वृद्धिसँगै मंगबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार ६२० पुगेको छ ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - ११:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij