Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल, ओमान र टिमोर लिस्टे बिचको मैत्रीपूर्ण फुटबलको तालिका सार्वजनिक

नेपाल, ओमान र टिमोर लिस्टे बिचको मैत्रीपूर्ण फुटबलको तालिका सार्वजनिक


  • 4.3K
    Shares

    नेपाल, ओमान र टिमोर लिस्टे बिचको मैत्रीपूर्ण फुटबलको तालिका सार्वजनिक

     नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल कतारको दोहामा हुने भएको छ । एएफसी एसियन कप छनोट अघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा  जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको कतार फुटबल संघले जनाएको छ ।

     

    कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरू जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् ।

    नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ । 

    प्रकाशित मिति :जेठ १२ २०७९ बिहिवार - १७:२२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij