Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल टि२० लिगको टोली सार्वजनिक

नेपाल टि२० लिगको टोली सार्वजनिक


  • 3.5K
    Shares

    नेपाल टि२० लिगको टोली सार्वजनिक

    नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगका ६ टोलीको नाम सार्वजनिक भएको छ । मंगलबार बसेको बोर्ड बैठकलले नेपाल टि२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी वा भैरहवा मध्य एक हुने गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो ।

    त्यस्तै क्यानले नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अवदेखि राष्ट्रिय मान्यता नपाउने भएका छन् । क्यानले हालसम्म सञ्चालनमा रहेका फ्रेन्चाइजले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै धन्यावाद सहित आफ्नै लिग आयोजना गर्ने हुँदा राष्ट्रिय मान्यता नदिने जनाएको छ । इपिएल सहित तीन फ्रेन्चाइज लिगले क्षेत्रिय संरचनामा भने आयोजना गर्न अनुमति दिन सक्ने जनाएको छ ।

    नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ ।

     

    प्रकाशित मिति :जेठ ११ २०७९ बुधवार - १३:१०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij