Logo

२०७९ आषाढ १३ गते सोमवार

images

एसियन कप फुटबल टिम छनोट: अलमुताइरीले गरे टिमको घोषणा, को-को परे ?

एसियन कप फुटबल टिम छनोट: अलमुताइरीले गरे टिमको घोषणा, को-को परे ?

खबर सेन्टर

६ जेठ २०७९
  • 1.3K
    SHARES
  • images
    एसियन कप  फुटबल टिम छनोट: अलमुताइरीले गरे टिमको घोषणा, को-को परे ?
    images

    नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टिमको घोषणा गरेका छन् ।

    छनोट अन्तर्गत नेपाल समूह 'ए' मा आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँगै रहेको छ । नेपालले पहिलो खेलमा जोर्डनविरुद्ध जुन ८, दोस्रो खेलमा आयोजक कुवेतसँग जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।

    प्रशिक्षक अलमुताइरीले घोषणा गरेको अन्तिम टोलीमा निम्न खेलाडीहरु रहेका छन्:

    गोलरक्षकः दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

    डिफेन्डरः विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

    मिडफिल्डरः आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

    फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

    यसैबीच प्रशिक्षक अलमुताइरीले प्रशिक्षण छाड्न दवाव दिएका भन्दै बन्द प्रशिक्षण छाडेका खेलाडीहरुलाई समावेश गरिएको छैन् ।

    images
    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - १७:००:४९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार