Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

अमेरिकाले युक्रेनलाई एन्टी–शिप मिसाइल पठाउने

अमेरिकाले युक्रेनलाई एन्टी–शिप मिसाइल पठाउने


  • 3.6K
    Shares

    अमेरिकाले युक्रेनलाई एन्टी–शिप मिसाइल पठाउने
    images

    अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो सहयोग गर्न लागेको हो ।

    बोइङ कम्पनीले बनाएको हारपून तथा कोङ्सबर्ग र रेथ्योनले बनाएको नेभल स्ट्राइक मिसाइल अमेरिकाले युक्रेनलाई दिन लागेको हो । ती हतियार सिधै युक्रेनलाई दिने कि कुनै युरोपेली साझेदारमार्फत दिने भन्ने विषयमा कुराकानी चलिरहेको छ । 

    युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गत अप्रिल महिनादेखि नै आफूहरूलाई हारपून वा अन्य क्षेप्यास्त्र उपलब्ध गराउन भनिरहेका छन् । तर रोयटर्स समाचार संस्थाका अनुसार, युक्रेनलाई आफैं हतियार दिन पश्चिमी मुलुकहरू हिचकिचाइरहेका छन् । हारपूनले रुसी जहाज डुबाइदिएमा आफूमाथि रुसले प्रतिशोधात्मक कारवाही चलाउला भनी उनीहरू डर मान्छन् । 

    हारपूनले ३०० किलोमिटर टाढा रहेको लक्ष्यलाई ध्वस्त बनाउन सक्छ । तर यो एक जहाजबाट अर्को जहाजमा प्रहार गरिने क्षेप्यास्त्र हो । तटबाट यसलाई प्रहार गर्ने कमै मात्र प्ल्याटफर्महरू छन् । अमेरिकाले आफ्नो युद्धपोतबाट यो क्षेप्यास्त्र गराउन दिनसक्ने सम्भावना छ । एजेन्सी

    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - ११:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij