Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

रसिया युक्रेन युद्धको ७५ औं दिन, डोनबास क्षेत्र नियन्त्रणमा लिन लडाइँ अझै जारी

रसिया युक्रेन युद्धको ७५ औं दिन, डोनबास क्षेत्र नियन्त्रणमा लिन लडाइँ अझै जारी


  • 5.2K
    Shares

    रसिया युक्रेन युद्धको ७५ औं दिन, डोनबास क्षेत्र नियन्त्रणमा लिन लडाइँ अझै जारी

    रसिया र युक्रेनबिच युद्ध भइरहेको ७५ दिन पुगेको छ। रसियाले लुहान्सक र डोनबास क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि युद्ध सुरु भएको थियो। दुवै क्षेत्रमा अहिले पनि युद्ध जारी छ। यस्तै, मरिपोल क्षेत्रमा पनि दुई देशका सेनाबिच युद्ध जारी छ।

    हालसम्म ५८ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। सबैभन्दा बढी युक्रेनीहरु पोल्याण्ड पलायन भएका छन्। पोल्याण्डमा मात्रै ३१ लाख ६७ हजार ८०५ जना पुगेका छन्। यस्तै, रोमानिया, रसिया, हंगेरी, मोल्डोभा, स्लोभाकिया र बेलारुसमा पनि लाखौं संख्यामा युक्रेनीहरु पुगेका छन्।

    युद्धका कारण दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ। तर, आधिकारिक क्षतिको विवरण दुवै पक्षले दिएको छैन।

    युद्ध रोक्न दुवै देशले विभिन्न चरणमा वार्ता गरे पनि सफल हुन सकेको छैन। यस्तै, अन्य देशहरुले पनि युद्ध रोक्न पहल गरे पनि कुनै निकास निस्कन सकेको छैन।

    युद्धको अवधि बढ्दै जाँदा रसियामाथि पनि दबाब बढिरहेको छ। अमेरिका लगायत पश्चिमा राष्ट्रले रसियाली राष्ट्रपति भ्लादमीर पुटिनसहित उनका परिवारका सदस्य, सरकारी अधिकारी, व्यापारीमाथि प्रतिबन्ध लगाएको छ। यस्तै, रसियाले पनि जवाफमा प्रतिबन्धको घोषणा गरेको छ।

    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - ११:३३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij