Logo

२०७९ जेठ ७ गते शनिवार

images

नेपाल जिम्बावे ‘ए’ सँग पराजित

नेपाल जिम्बावे ‘ए’ सँग पराजित

खबर सेन्टर

२३ बैशाख २०७९
  • 512
    SHARES
  • images
    images
    नेपाल जिम्बावे ‘ए’ सँग पराजित
    images

    काठमाडौं । जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ ।

    images
    images
    images

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नपाल ३१।३ ओभरमा १ सय ३६ रन बनाए अलआउट भएको थियो ।

    नेपालले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य जिम्बावेले २६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर पुरा गर्यो ।

    जिम्बावे ‘ए का लागि ओपनर इन्नोसेन्ट कियाले सर्वाधिक ४८ रनको अविजित इनिङ खेले । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

    चेफास जुवावो २९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाएर आउट भए । राय किया १४ रन बनाएर पभेलिएन फर्किँदा ब्राड इभान्स १७ रनमा अविजित रहे । भने, अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै एक मेडनसहित ३२ रन खर्चिए । कराण केसी २ तथा सागर ढकाल र सोमपाल कामीले एक÷एक विकेट लिए ।

    नेपालले जिम्बावे ‘ए’ सँग दोस्रो एकदिवसिय खेल सनिबार र तेस्रो सोमबार खेल्नेछ । यसअघि नेपालले तीन खेलको टी–२० श्रृङखला बराबरी गरेको थियो ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०७९ शुक्रवार - १५:२७:५२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार