Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खराब ब्याटिङका कारण जिम्बाब्वेलाई नेपालले दियो १३७ रनको लक्ष्य

खराब ब्याटिङका कारण जिम्बाब्वेलाई नेपालले दियो १३७ रनको लक्ष्य


  • 3.4K
    Shares

    खराब ब्याटिङका कारण जिम्बाब्वेलाई नेपालले दियो १३७ रनको लक्ष्य

    जिम्बाब्वे ‘ए’विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले आज जितका लागि १३७ रनको लक्ष्य पेस गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गर्न सकेन । नेपालले ३१.३ ओभरमा १३६ रन बनाउँदा सबै विकेट गुमायो ।

    १० ओभर सकिँदा नेपालले ५६ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेल १९, आसिफ शेखले ५, आरिफ शेखले ५, दीपेन्द्रसिंह ऐरीले १८, रोहितकुमार पौडेलले तीन रन बनाएर पभेलियन फर्किएका थिए । आदिल आलम दुई रन बनाएर आउट हुँदा सुशन भारी शून्यमा आउट भए ।

    सोमपाल कामी र करण केसीले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे । सोमपालले ३० रन बनाउँदा करणले २५ रन जोडे । कप्तान सन्दीप लामिछानेले चार रन बनाए । सागर ढकाल एक रनमा अविजित रहे ।

    जिम्बाब्वेका ब्राड इभान्सले चार विकेट लिए । उनले ८.३ ओभरमा २७ रन दिएर चार विकेट लिएका हुन् । भिक्टोर न्याउची, सेफस हुवाओ र ब्रान्डन माभुताले समान दुई विकेट लिए ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वेविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

    नेपालले यसअघि जिम्बाब्वे ‘ए’विरुद्ध तीन खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो । वर्षाले प्रभावित तीन खेलको ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा सकिएको थियो ।

    नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय शृंखलाको तयारी गरिरहेको छ । नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय शृंखला जुन ६ देखि १६ सम्म अमेरिकामा हुनेछ ।

     

    प्रकाशित मिति :बैशाख २३ २०७९ शुक्रवार - १२:३१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij