Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिम्बाम्बे ए माथि नेपालको सानदार जित

जिम्बाम्बे ए माथि नेपालको सानदार जित


  • 3.9K
    Shares

    जिम्बाम्बे ए माथि नेपालको सानदार जित

    नेपालले जिम्बावे ए माथि ८ विकेटको सानदार जित निकालेको छ।

    १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले  १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको छ।

    नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे।

    पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेका थिए।

    कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए।

    त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।

    उसका लागि रोय कैयाले सर्वाधिक ४९ रन बनाए। टडिवानाशे मरूमानी २७, यस्तै ल्यूक जांगवेले २३ रन जोडे। ओपनर इनोसेन्ट कैयाले १४ तथा टोनी मन्योङ्गा २ रन बनाए।

    पाहुना टोलीलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १-१ विकेट लिए।

    तीन टी २० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो। तेस्रो खेल जितेसँग नेपालले श्रृंखला बराबरी गरेको हो।

    प्रकाशित मिति :बैशाख २१ २०७९ बुधवार - १६:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij