Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु


  • 4.9K
    Shares

    भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु
    images

    भारतमा पछिल्लो २४ घण्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ।

    दिल्‍लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्।  हरियाणामा ४७९,केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण देखिएको हो।

    पछिल्लो २४  घण्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ। सोमबार ४०८ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन्। 

    प्रकाशित मिति :बैशाख १९ २०७९ सोमवार - १२:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij