Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि

आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि


  • 4.0K
    Shares

    आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि

    मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।

    बुधबार धनगढीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

    कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।

    उपविजेता एपिएफले नगद ८० हजारमा चित्त बुझायो । सेमिफाइनलमा पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् ।

    दुबै टोलीले समान ४० हजार प्राप्त गरे । सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई आजै आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ । 

    प्रकाशित मिति :बैशाख ७ २०७९ बुधवार - १५:३१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij