२०८२ भाद्र २ गते सोमवार
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवीबीच भेटवार्ता भएको छ।
राजदुत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री अथकसँग भेटवार्ता गरेको मन्त्रीका प्रेस संयोजक संगिन शर्माले जनाएका छन्।
भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबीच दुई देशबीचको पारस्परीक सम्बन्ध तथा खेलक्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो।
भेटको क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन प्रस्ताव गरेका थिए। सो प्रस्तावमा राजदुत गोवी सकारात्मक भएको संयोजक शर्माको भनाइ छ।
यद्यपी दुई देशबीच मैत्रीपूर्ण खेल हुने पक्का भने भएको छैन।मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री अथकले राजदूत गोवीमार्फत् अर्जेन्टिनाको फुटबल टिमलाई नेपाल भ्रमणको निम्ता समेत दिएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij