Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

श्रीलंकामा हट्यो संकटकाल

श्रीलंकामा हट्यो संकटकाल


  • 4.9K
    Shares

    श्रीलंकामा हट्यो संकटकाल
    images

    श्रीलंकामा संकटकाल हटेको छ । श्रीलंकामा अप्रिल ४ बाट संकटकाल घोषणा गरिएको थियो । 

    राष्ट्रपति गोटाभाया राजापक्षेले संकटकाल हटाइएको घोषणा गरेका हुन् । आर्थिक मन्दीका कारण जताततै हिंसा सुरु भइसकेको अवस्थामा राष्ट्रपतिले स्थिति नियन्त्रणका लागि संकटकाल लगाउने निर्णय गरेका थिए ।

    सोही संकटकाल हटाउने निर्णय गरिए पनि यसका पछाडि के कारण छन्, त्यो भने अझै खुलेको  छैन  । श्रीलंकामा मुद्रास्फीति उत्कर्षमा पुगेको छ र जनताको धैर्यको बाँध टुट्दैछ ।

    डिजेल लिन लामो लाइन बस्नुपर्ने र मट्टीतेलका लागि घन्टौँ कुर्नुपर्ने अवस्था आएको छ। कागजको अभावका कारण विद्यार्थीको परीक्षा रद्द भएको छ । 

    पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएपछि अवस्था बिग्रिँदै गएको अनुमान गरिएको छ । प्रधानमन्त्रीका छोराले पनि पद छाड्ने निर्णय गरेका छन् । श्रीलंकामा अब सर्वदलीय सरकार गठन हुन सक्ने बताए ।  विपक्षी दलका नेताहरुको पनि सक्रिय सहभागिता रहनेछ ।

    अहिले श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र भएको छ । किनकि श्रीलंकाको स्थिति नियन्त्रण बाहिर गइरहेको छ । भारी ऋणका कारण श्रीलंकाको अर्थतन्त्रको यस्तो अवस्था भएको विज्ञहरुको भनाइ छ । 

     

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - ११:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij