Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

त्रिकाेणात्मक सिरिज: नेपालले दियाे पिएनजीलाई १६९ रनकाे लक्ष्य

त्रिकाेणात्मक सिरिज: नेपालले दियाे पिएनजीलाई १६९ रनकाे लक्ष्य


  • 4.5K
    Shares

    त्रिकाेणात्मक सिरिज: नेपालले दियाे पिएनजीलाई १६९ रनकाे लक्ष्य

    दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा पपुवान्युगिनी (पीएनजी)लाई जितका लागि १६९ रनको लक्ष्य पेश गरेको छ । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । 

    मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२/२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । त्यस्तै तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे । कामेयाले पाँचौं बलमा दीलिप नाथलाई बोल्ड गरेका थिए ।

    आसिफले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । त्यसअघि कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल दुई रन बनाएर पवेलियन फर्किएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । असिफ र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले आदिल आलमसँग पनि  छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरे । 

    आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । दुईले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रसिंहले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए । 

    दीपेन्द्रले आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए । पीएनजीका कामेयाले तीन विकेट लिए । चार सोपर, कबुवा मोरेया र रिले हेकुरेले एक/एक विकेट लिए । 

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - १४:३२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij