Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालले पिएनजीलाई दियो २०४ रनको लक्ष्य, दीपेन्द्र र आदिलको उत्कृष्ट ब्याटिङ

नेपालले पिएनजीलाई दियो २०४ रनको लक्ष्य, दीपेन्द्र र आदिलको उत्कृष्ट ब्याटिङ


  • 4.1K
    Shares

    नेपालले पिएनजीलाई दियो २०४ रनको लक्ष्य, दीपेन्द्र र आदिलको उत्कृष्ट ब्याटिङ

    युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल खडा गर्‍यो । 

    नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाए ।

    त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे ।

    यस्तै करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए । पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए ।

     

    प्रकाशित मिति :चैत्र १७ २०७८ बिहिवार - १४:५१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij