२०८२ भाद्र २ गते सोमवार
काठमाडौं। राष्ट्रिय महिला फुटबल लिग आजबाट चितवनमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता एपीएफ क्लबले विभागीय डर्बी आर्मीको सामना गर्दैछ।
एपीएफले पछिल्लो सिजनका सबै खेलमा जित निकालेर उपाधि जितेको थियो। यो वर्ष पनि एपीएफको लक्ष्य त्यहि नै हुने प्रशिक्षक जनक सिंह थारुले बताएका छन्।
त्यस्तै, आर्मी र पुलिस टिम पनि राम्रो प्रदर्शन गने दाउमा रहनेछन्। गएको वर्ष लिग तालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिका रेलिगेसनमा परेको छ।
त्यस्तै, गएको कात्तिक २८ गते सम्पन्न भएको महिला लिगको छनोटबाट दुई टिम लिगमा छनोट भएका छन्। छनोट भएका धनगढी र ललितपुरले यो वर्षको महिला लिगमा सहभागिता जनाउन लागेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij