Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको खेल आज अन्तिम चरणमा

पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको खेल आज अन्तिम चरणमा


  • 4.7K
    Shares

    पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको खेल आज अन्तिम चरणमा
    images

    सिन्धुपाल्चोक। मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन्।

    उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो। प्रतियोगितामा सात टोली सहभागी थिए। अन्तिम चरणको खेल आज हुने भएको छ। 

    पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरिसकेको छ। विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो।

    प्रतियोगितालाई निरन्तरता तथा  समयसापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरी पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको उनले बताए। विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौंको मूलपानी क्रिकेट रङ्गशालामा खेल आयोजना गरिएको खेलकूद विकास समितिले जानकारी दिएको छ। उक्त प्रतियोगितमा विजेताले ७५ हजार र उपविजेताले ४० हजार प्राप्त गर्नेछन्।  

    प्रकाशित मिति :फाल्गुण २१ २०७८ शनिवार - ०९:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij