Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपालको एक दिवसीय मान्यता एक वर्ष थपियो

नेपालको एक दिवसीय मान्यता एक वर्ष थपियो


  • 9.2K
    Shares

    नेपालको एक दिवसीय मान्यता एक वर्ष थपियो

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल लगायत सबै एक दिवसीय मान्यता प्राप्त एसोसियट राष्ट्रको एक दिवसीय मान्यतालाई १ वर्ष थप गरेको छ ।  कोराना माहामारीका कारण आइसीसीले एक दिवसीय मान्यतालाई १ वर्ष थप गरेको हो । 

    अब नेपालको एक दिवसीय मान्यता सन् २०२३ को मार्च सम्म रहनेछ। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आज बसिरहेको क्यानको भर्चुअल वार्षिक साधारण सभामा बोल्दै यसको जनकारी गराएका हुन् ।

    आइसिसीले नेपालको एकदिवसीय मान्यता १ वर्ष थप गरेको छ चन्दले भने , कोरोना माहामरीका कारण १ वर्ष खेर गएको भन्दै आइसिसीले सन् २०२३ को मार्चसम्मका लागि सबै एसोसियट राष्ट्रहरुको एक दिवसीय मान्यता बढाएको हो।’

    नेपालले सन् २०१८ मा जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो। नेपालको एक दिवसीय मान्यता सन् २०२२ मा सकिदै थियो।  नेपालले हालसम्म १० अन्तर्राष्टिय एक दिवसीय खेल खेल्दा समान ५ जित र ५ हारको नतिजा निकालेको छ ।

    नेपालले पहिलो अन्तिर्राष्ट्रिय एक दिवसीय खेल  सन् २०१८ अगस्ट १ मा नेदरल्यान्डसँग भिआरए क्रिकेट मैदानमा खेलेको थियो ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १३:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij