Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

जेफ बेजोसलाई पछि पार्दै एलन मस्क बने विश्वकै धनी व्यक्ति

जेफ बेजोसलाई पछि पार्दै एलन मस्क बने विश्वकै धनी व्यक्ति


  • 8.9K
    Shares

    जेफ बेजोसलाई पछि पार्दै एलन मस्क बने विश्वकै धनी व्यक्ति

    अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् ।

    बिहीबार टेस्लाको सेयर ६ प्रतिशतले बढेपछि एलन मस्क विश्व कै धनी व्यक्ति बनेको ब्लुमबर्ग पत्रिकाले जनाएको छ । ब्लुमबर्ग पत्रिकाका अनुशार हाल एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुगेको हो भने बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात् १ सय ८७ अर्ब रहेको छ ।

    बिल गेट्स भने यो सूचीमा तेस्रो स्थानमा रहेको छ । उनको सम्पत्ति १ सय ३२ अर्ब डलर रहेको छ । मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए ।

    त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए । मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो । एजेन्सी 

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - ११:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij