२०८२ भाद्र २१ गते शनिवार
भारत । गाजियावाद दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । मलामी गएका मानिसहरु वर्षातपछि ओत लाग्न निर्माणधीन भवनभित्र छिरेका थिए ।
तर अचानक भवनको छत खस्दा ओत लाग्न गएकाहरु त्यहीँभित्रै पुरिएका थिए ।
यो घटनामा भवन निर्माण गर्ने ठेकेदार, नगरपालिकाका कार्यकारी अधिकृतलगायत कैयौं विरुद्ध उजुरी दर्ता गरिएको छ ।
यस घटनामा इन्जिनियर र भवन हेर्ने सुपरभाइरजलाई पक्राउ गरिसकेको छ । यस घटनामा दुख् व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले कारबाही अघि बढाउन आदेश दिएका छन् ।
उनीहरुको लापरबाहीका कारण यति ठूलो क्षति भएकोले उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij