Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

साउदी अरबले हटायो अस्थायी यात्रा प्रतिबन्ध

साउदी अरबले हटायो अस्थायी यात्रा प्रतिबन्ध


  • 6.3K
    Shares

    साउदी अरबले हटायो अस्थायी यात्रा प्रतिबन्ध
    images

    साउदी अरबले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटाएको छ। कोभिड–१९ को नयाँ स्वरुपको खतरालाई मध्यनजर गर्दै साउदी अरबले डिसेम्बरदेखि विदेशी उडानमा प्रतिबन्ध लगाएको थियो। 

    साउदी अरबको गृह मन्त्रालयले आइतबार बिहान यो जानकारी दिएको हो। यो यात्रा प्रतिबन्ध कैयौं देशका लागि लगाइएको थियो। 

    साउदी प्रेस एजेन्सीका अनुसार आइतबार बिहान ११ बजेदेखि साउदी अरबमा वायु, जमिन र सामुद्रिक मार्गबाट पुनः प्रवेश सुरु भएको छ। यद्यपि बेलायत, दक्षिण अफ्रिकासहितका केही देशका लागि भने आंशिक प्रतिबन्ध कायमै छ। ती देशका नागरिकहरुलाई साउदी अरब प्रवेशअघि १४ दिन आफ्नो मुलुकबाहिर रहेको हुनुपर्नेछ । तर साउदी नागरिकलाई भने स्वदेश प्रवेश दिइए पनि १४ दिन घरमै निगरानीमा रहनुपर्नेछ । 

    साउदी अरबमा हालै कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ। यहाँ कोरोना संक्रमण र मृत्यु दर कम हुँदै गएको छ । शनिबार जम्मा १ सय १ जनामा संक्रमण देखिएको थियो, जुन संख्या विगत ९ महिनायताकै कम हो।

    साउदी अरबमा हालसम्म ३ लाख ६२ हजार ४ सय ८८ जना कोरोना संक्रमित छन्। तीमध्ये २ हजार ७ सय ७२ मात्र सक्रिय संक्रमित छन् भने ४ सय १ जना गम्भीर छन् । हालसम्म त्यहाँ ६ हजार २ सय ३० जनाको मृत्यु भएको छ। एजेन्सी

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १२:०८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij