२०८२ भाद्र २१ गते शनिवार
रूसले आफ्ना आठ लाखभन्दा बढी नागरिकलाई कोरोविरुद्धको भ्याक्सिन लगाइसकेको छ । रूसले १५ लाख डोज भ्याक्सिन देशभर वितरण गरिसकेको त्यहाँका स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले शनिबार जानकारी दिएका छन् ।
मुरासकोले पत्रकार सम्मेलनमा भने, ‘‘देशका विभिन्न प्रान्तमा कोरोना भ्याक्सिनको १५ लाख डोजभन्दा बढी वितरण भइसकेको छ र खोप अभियान जारी छ। अहिलेसम्म आठ लाखभन्दा बढीलाई खोप लगाइसकिएको छ ।’’
रूसले चिकित्सा तथा स्वास्थ्यकर्मीका साथै अन्य समूहलाई आवश्यकताअनुसार भ्याक्सिन लगाउने तयारी उक्त देशले गरेको छ ।रूस कोरोनाबाट बढी प्रभावित हुने देशमध्ये एक हो। त्यहाँ पछिल्लो २४ घण्टामा २६ हजारभन्दा बढी व्यक्तिमा पोजिटिभ देखिएको छ । रूसमा संक्रमितको संख्या ३२ लाख १२ हजार नाघेको छ। मृत्यु हुनेको संख्या ५८ हजारभन्दा बढी पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij