२०८२ भाद्र १२ गते बिहिवार
नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले त्यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ ।
उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा थिएन् भन्ने बारेमा भने केही पनि बताएको छेन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ ।
त्यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको भनि त्यहाँका अधिकारीहरुले मंगलबार जानकारी दिएको थियो ।
उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो ।
ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो । सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij