२०८२ भाद्र १ गते आइतवार
हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ।
मृत्यु भएका एक बच्चासहित चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको जनाएको छ।
हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। तत्कालै एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएका घाइतेमध्ये १० वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हो।
आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको जनाएको छ। घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।
हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गरेको देखिएका थिए। झ्यालबाट भाग्दै गर्दा खसेर उनी पनि घाइते भएका छन्।
घाइतेलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टर लगिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
https://www.facebook.com/tirtha.pun.58/videos/3745776738788085/
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij