Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

'एनएमबि सरल बचत फन्ड - ई' मा लगानी गर्ने आज अन्तिम अवसर

'एनएमबि सरल बचत फन्ड - ई' मा लगानी गर्ने आज अन्तिम अवसर


  • 7.0K
    Shares

    'एनएमबि सरल बचत फन्ड - ई' मा लगानी गर्ने आज अन्तिम अवसर

    एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा आवेदन दिने आज (भदाै २१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । 

    यस फण्डमा आइतबार साँझ ५:४० बजेसम्म ८० हजार ९६ जना लगानीकर्ताहरूले ४ कराेड ६१ लाख ५४ हजार ४ सय ५० इकाईका लागि आवेदन दिएका छन् ।

    एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

    वार्षिक १५५ भन्दा धेरै लाभांश दिन्छौँ, ढुक्क भई लगानी गर्नुस्स् कमलप्रसाद नेपाल, निमित्त सिईओ, एनएमबि क्यापिटल

    यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

    NMB_20210906064913.jpg

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १३:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij