Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

अनुगमनमा कैफियत भेटिएपछि एक फर्मलाई १० हजार जरिवाना

अनुगमनमा कैफियत भेटिएपछि एक फर्मलाई १० हजार जरिवाना


  • 449
    Shares

    अनुगमनमा कैफियत भेटिएपछि एक फर्मलाई १० हजार जरिवाना

    काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई १० हजार जरिवाना गरेको छ । 

    विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको छ ।

    यस्तै, गणपति जी ट्रेडर्सलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिइ एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १४ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, स्थानीय प्रशासन तथा जनप्रतिनिधिको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको जनाएको छ ।   

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - ११:०९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij