२०८२ माघ २० गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।
प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।
देशको शोधनान्तर स्थिति ५ खर्ब रुपैयाँभन्दा बढीले बचतमा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५० खर्ब १ अर्ब २४ करोड बचतमा रहेको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोडले बचतमा रहेको छ ।
चालु खाता ४२९ अर्ब ९१ रुपैयाँ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij