Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

काट्नै लागिएको उखु खेतमा आगलागी

काट्नै लागिएको उखु खेतमा आगलागी


  • 477
    Shares

    काट्नै लागिएको उखु खेतमा आगलागी

    काठमाडौं । महोत्तरीको उखु खेतमा आगलागी भएको छ । औरही नगरपालिका-१ मा ६ बिघा बढी खेतको उखुमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १४ लाख बराबरको उखुमा क्षति भएको हो ।

    स्थानीय १० जनाको गरी कूल ६ बिघा ७ कठ्ठा खेतको उखु पूर्ण रूपमा जलेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज गौशालाका जेटिए अमिरी महतोले जानकारी दिए ।

    उनले भने,  ‘आगलागी भएको उखु २४ घण्टाभित्र क्रसिङ गर्न सके दुई प्रतिशत मात्रै कट्टा हुन्छ । त्यसभन्दा ढिलो भए उखुलाई ल्याबमा पठाइन्छ । ल्याबको रिपोर्ट अनुसार कट्टा हुन्छ,’ ।

    सम्सी, रामगोपालपुर, जलेश्वर र बर्दिबास नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पीडित कृषकका अनुसार आगलागी भएको उखु काट्ने तयारीमा थियो ।

     

     

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १७:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij