Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी


  • 302
    Shares

    स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

    काठमाडौं । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ ।

    कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादीत ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिए । उनले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको बताए। कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ ।

    तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिए। नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उनले बताए। ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै र बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उनले जानकारी दिए ।  

    सुन्दर अटो इन्जिनियर प्रा.लि.ले निर्माण गरेको १४ सिटर ईभीमा एसी, पंखा जडान गर्न मिल्ने, सिसा जडित संरचना रहेको छ । सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्नसक्ने क्षमता राख्दछ । मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौं उपत्यका, तराई तथा देशका प्रमुख शहरमा सञ्चालन गर्न उपयुक्त रहेको कम्पनीका अध्यक्ष थापाले जानकारी दिए।

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १३:३३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij