Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

हामी मत परिणाम स्वीकार्छौं तर दवाब र धम्की स्वीकार्दैनौं : रवि लामिछाने

हामी मत परिणाम स्वीकार्छौं तर दवाब र धम्की स्वीकार्दैनौं : रवि लामिछाने


  • 610
    Shares

    हामी मत परिणाम स्वीकार्छौं तर  दवाब र धम्की स्वीकार्दैनौं : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले गिद्धले सिनो लुछेजस्तै लुछिएको देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । 

    आगामी निर्वाचनका लागि जो–जो मिलेपनि मिल्न आग्रह गर्दै भने, मेरो खुला आग्रह छ, खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ । हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाब र धम्की स्वीकार्दैनौं ।

    निर्वाचन मार्फत आएको मत परिणाम स्वीकार्ने उल्लेख गर्दै जन विद्रोहले उखेलेर फालेको पुरानो संसद् षडयन्त्रपूर्ण ढङ्गले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की नस्विकार्ने उनले बताएका छन् । 

    फागुन २१ कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने लामिछानेले बताए । फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने उनले बताए । 

    ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ,’ लामिछानेले भनेका छन्, ‘फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन ।’

     

     

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १७:५०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij