Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

बालेनलाई १३ प्रश्न

बालेनलाई १३ प्रश्न


  • 743
    Shares

    बालेनलाई १३ प्रश्न
    1. संविधानको अनुसूचि -05 अन्तर्गत संघको अधिकार क्षेत्र भित्र १ नम्बर बुँदामा राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण गर्ने भनि लेखिएको छ सो बुँदालाई संशोधन गरि सिमा सुरक्षा कायम गर्दै राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण गर्ने भन्ने विषयलाई किटान गरि लेख्न सक्ने या नसक्ने, तपाईको यस संविधान संशोधनको विषयमा तपाईको राय के हो ? अनि बल्ल स्वाधिनता र स्वाभिमानको कुरा गर्न मिल्ला ? नेपाली जनतालाई सिमा सुरक्षाको विषय major issue  हो ।
    2. हाल बजेटको volume १९ खर्ब ६४ अर्ब छ करिब जसमा वैदेशिक अनुदान र ऋणको योगदान १४.६१ प्रतिशत छ , अब बालेन सरकारले अनुदान ऋण लिने कि नलिने? लिएमा उनिहरुको स्वार्थ व्यवस्थापन गर्ने modality के हुने ?  र लगभग 27 खर्ब ऋणको साँवा र ब्याज तिर्ने श्रोतको एकिन गर्ने विषय के हो ?
    3. विकास निर्माण कार्यमा सार्वजनिक खरिद ऐन ,2063 र नियमावली 2064 का म्याद थप सम्बन्धिका प्रावधान , ठेक्का अवधिका प्रावधान, खरिद प्रकृयाको प्रावधानहरु जटिल छन् ,यस्तो विषयलाई नीतिगत संशोधन गर्न तपाईको राय के हुने? सार्वजनिक खरिद ऐन ,2063 र नियमावली 2064 का जटिलताला कतिको  अध्ययन गर्नुभएको छ ?
    4. उत्पादन वृद्विको लागि उद्योगहरुको आवश्यकता अपरिहार्य हो ,सो उद्योग खोल्नको लागि पूँजि व्यवस्थापन तथा Public Private Partnership model लाई प्रवर्द्वन गर्न तपाईको रणनितिक कार्ययोजना के हो ?नत्र युवा विदेश जान रोक्न चाहि कसरी रोक्नु हुन्छ ?विदेशमा रहेको ठूलो जमातमा तपाई प्रति आशा बढी छ , ख्याल गर्नुहोस्।
    5. ठूला २ छिमेकी राष्ट्र चिन र भारत बिच कुटनीतिक सन्तुलन सम्बन्ध कायम गर्न तपाईको कुटनीतिक कार्ययोजना के हो ?नेपालको geo-politics लाई विश्लेषण गर्नुभएको  छ ?
    6. तपाईको जनकपुरको भाषण अनुसार समाजवाद भनेको निशुल्क शिक्षा प्रदान गर्ने हो भन्ने थियो त्यही भाषणलाई आधार मान्दा निशुल्क शिक्षा प्रदान गर्न लाग्ने बजेटरी श्रोत र पर्याप्तताको एकिन कसरी गर्नुहुन्छ ? शिक्षा अन्तर्गत कति बजेट विनियोजन गर्नुहुन्छ यसको tentative खाका विश्लेषण गर्नुभएको हो र ?  कि जनता उचाल्न बोलिएको भाषण हो ?नत्र तपाई र पुरानोमा के फरक ?
    7. राजस्व चुहावटले गर्दा देशको बजेटको आम्दानीको श्रोत अनुमान भन्दा कम उठ्ने गर्छ यस समस्यालाई कसरी समाधान गर्नुहुन्छ नत्र pre –analysis र pre-workout नगरिकन तपाईको ५ वर्षे कार्यकाल गएको तपाईलाई पत्तै हुँदैन त्यसैले राजस्व वृद्वि गर्ने रणनीतिक कार्ययोजना के हो ? स्पष्ट पार्नुहोला नेपाली जनतालाई ।
    8. वैदेशिक लगानी भित्र्याउन र सहजिकरण गर्न तपाईको सरकारको Non-core functions के के हुने छ ?
    9. सु-शासन र भ्रष्टाचार नियन्त्रण विषय जल्दो बल्दो विषय हो , सबैलाई यो गर्नु राम्रो कुरा हो भन्ने थाहा छ , भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गर्न  तपाईको preventive and curative समाधान के के हो ? कर्मचारीहरुको तलब वृद्वी, सरकारी कार्यालयहरुको down-sizing , वैज्ञानिक O and M  survey र पदपूर्तिको विषय र प्रशासनिक आयामका विषयहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
    10. पूर्वाधार निर्माण विशषत वन ऐन बाधक हुने गर्छ यो बाधक तत्वलाई कसरी सम्बोधन गर्नुहुनछ ? यसको नीतिगत सुधार पक्षलाई कहिले विश्लेषण गर्नुभएको छ ?
    11. सार्वजनिक सेवा प्रवाहलाई एकिकृत digitalization model मा कसरी लग्नुहुन्छ ?तपाईको action plan के हो ?
    12. अलपत्र परेको राष्ट्रका गौरवका योंजनाहरुलाई समय सिमा भित्र सम्पन्न गर्न तपाईको Negotiation, Co-ordination and Execution को भूमिकालाई कसरी initiate गर्नुहुन्छ ?
    13. हरेक आ.व मा संघिय समानिकरण अनुदान रकम संघिय सरकारले घटाउदै गईरहेको छ, आखिर संघियता कार्यान्वयन गर्न स्थानीय सरकार सबलिकरण हुन एकदम जरुरी छ, सो परिपक्षमा स्थानीय सरकारलाई हस्तान्तरण हुने संघिय समानिकरण अनुदान बढाउनको लागि तपाईको सरकारको भूमिका के रहन्छ ?

    Note: वार्तामा बस्न नचाहने तपाई, समस्याबाट भाग्ने तपाई, जनता भेट्न नखोज्ने तपाईको बानीले के यो सम्भव रहला त? सुशासनको एउटा पाटो जवाफदेहिता हो के यो प्रश्नको उत्तर Facebook status बाट भएपनि पाउन सकुला त ? I love you Harka जस्तो उत्तर नदिनुहोला? उत्तर छैन भने तपासँग कार्ययोजना के होला त ?  जनताले मूल्याकन गर्नेछ ! त्यसैले देशको समस्या पढौं, बुझौ  विश्लेषण गरौं अनि बल्ल देश विकासको आश्वासन दिँउ नत्र पुरानोमा र नयाँमा के फरक होला त ? म जस्तो सचेत नागरिकलाई झोले बनाउन गाह्रो छ है दाजु ।

     " So, viralism and popularism are not only spark element to assure the development of a country but  there are various aspects that need to be scrutinized to make a leaders an action oriented and result based leadership ".   (ARJAN)

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १७:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij