Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

नारीहरुलाई भाद्र महिनामा सनराईज बैंकको छुटै छुट, यस्ता छन् सुविधा

नारीहरुलाई भाद्र महिनामा सनराईज बैंकको छुटै छुट, यस्ता छन् सुविधा


  • 9.4K
    Shares

    नारीहरुलाई भाद्र महिनामा सनराईज बैंकको छुटै छुट, यस्ता छन् सुविधा
    images

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई नबिनतम् र अत्याधुनिक सेवा र सुविधाहरु प्रदान गर्दै आएको सनराईज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजना अन्र्तगत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।

    यो योजना अन्र्तगत आफ्ना ग्राहकहरुलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई नारी बचत खातामा आकर्षक ब्याजका साथैे विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिइने भएको छ । प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन् ।

    साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५% वा रु ३०० सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ । 

    साथै सनराईजनारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५% सम्मकोे छुट दिने समेत बैंकले जनाएको छ । 

    नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु निशुल्क दिने व्यवस्था गरेको हो । 

    सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्र्तगत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीहरुमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त छ ।

     

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - ११:५९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij