Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

अत्यधिक चिसो बढ्यो भने हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन्छ: प्रधानमन्त्री कार्की

अत्यधिक चिसो बढ्यो भने हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन्छ: प्रधानमन्त्री कार्की


  • 561
    Shares

    अत्यधिक चिसो बढ्यो भने हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन्छ: प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा हिमतपातका कारण अत्यधिक चिसो भएमा दोस्रो चरणमा चुनाव गर्न सकिने बताएकी छन्। 

    मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादलको दीक्षान्त समारोहलाई सम्बोधनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै हिमाली जिल्लामा चुनाव दोस्रो चरणमा गर्न सकिने बताएकी हुन्। ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्। 

    सरकारले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव गर्न तयारी गरिरहेको उनले बताइन्। त्यसका लागि गाडी चल्ने ठाउँमा मतदाता ओसारेर पनि निर्वाचन गर्नेबारे छलफल भइरहेको उनको भनाइ थियो। 

    प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा गर्न आफू प्रतिबद्ध रहेको उनले बताइन्। अब निर्वाचन सर्ने कुरा नरहेको बताउँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘सर्दै सर्दैन, निर्वाचन तोकिएकै समयमा हुन्छ।’

    निर्वाचनबाट देशले निकास पाउने उनले बताइन्। देशमा स्थायित्व र शान्ति कायम गर्न निर्वाचन कोसेढुंगा सावित हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो। 

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १४:२८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij