Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

कांग्रेसमा ३० दिने विशेष रणनीति लागू

कांग्रेसमा ३० दिने विशेष रणनीति लागू


  • 309
    Shares

    कांग्रेसमा ३० दिने विशेष रणनीति लागू

    काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक ‘विशेष रणनीति’ लागू गरेको छ । 

    उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ बनाएको छ । त्यो निर्देशिकामा ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने वाक्यांश राखिएको छ । 

    मंगलबारदेखि एक महिना बाँकी रहेकाले त्यसै विशेष रणनीति अनुरूप अब नेताहरू आफ्नो जिम्मेवारी जहाँ छ, त्यही मात्र खटिन पाउने सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन् ।

    निर्देशिका अनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान नपाउने निर्देशिकामा उल्लेख छ । 

    कांग्रेस प्रवक्ता देवराज चालिसेले आफ्नो वडामा काम गर, अरूको क्षेत्रमा नजाऊँ भन्नका लागि यो रणनीति बनाइएको जानकारी दिएका छन् ।

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १४:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij