Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

मेगा बैङ्कका ५ वटा नयाँ शाखा विस्तार, कहाँ कहाँ खुल्यो ?

मेगा बैङ्कका ५ वटा नयाँ शाखा विस्तार, कहाँ कहाँ खुल्यो ?


  • 4.8K
    Shares

    मेगा बैङ्कका ५ वटा नयाँ शाखा विस्तार, कहाँ कहाँ खुल्यो ?

    काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरू विस्तार गरेको छ।

    मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्न नगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरू विस्तार गरेको हो।

    यी शाखाहरूबाट बैङ्किङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैङ्कका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।

    मेगा बैङ्कले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ। अहिले मेगा बैङ्कका देशभर १९० शाखा कार्यालयहरू रहेका छन् भने थप ४ वटा शाखाहरू सञ्चालनमा आउने तयारीमा रहेका छन्। ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैङ्कले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैङ्किङलाई प्राथमिकता दिँदै आइरहेको छ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १२:०५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij