२०८२ माघ २० गते मंगलवार
काठमाडौं । जेनजी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ । मंगलवार नयाँ बानेश्वर संसद भवन अगाडी क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो ।
जेनजी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।
भदौ २३ गते संसद भवन अगाडी युवाहरुमाथी गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजानिक तथा निजी भवनमाथी आगजानी भएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो ।
मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ । सुशासनको मुख्य माग राखेर युवाहरुले आन्दोलन गरेपनि आन्दोलनपछि गठित सरकारले उनीहरुको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij