Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

ओलीले भने ‘म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ’ के हो वास्तविकता ?

ओलीले भने ‘म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ’ के हो वास्तविकता ?


  • 638
    Shares

    ओलीले भने  ‘म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ’  के हो वास्तविकता ?

    काठमाडौं ।  आफू र एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने भनेर नेकपा एमालेका अध्यक्ष एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले चेतावनी दिएको दावीसहितका भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

    लाइभमा ओलीले कतै पनि ‘आफू पराजित भए निर्वाचन र परिणाम दुबै अस्वीकार गर्ने’  भनेका छैनन्। बरु उनले निर्वाचनमा धाँधली भएमा वा कसैलाई जिताउनेतर्फ सरकार लागेमा त्यस्तो परिणाम स्वीकार नगर्ने भनेको भेटियो। यो अभिव्यक्ति लाइभ भिडिओको  १५ मिनेट ५२ सेकेन्डपछि सुन्न सकिन्छ ।

    पत्रिका नेपाल नामक फेसबुक पेजमा सार्वजनिक भिडियोको ओरिजिनल लिंक यहाँ छ  ।

    यात्र नामक फेसबुकको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

    टाइम्स अफ नेपालको ओरिजिनल लिंक यहाँ छ 

    ओलीले त्यसमा भनेको (जस्ताको तस्तै)

    सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्ने हो भने, निर्वाचन गराउने हो भने, स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु पर्दछ। सरकार बिल्कुलै तटस्थ रहेर स्वच्छ निर्वाचन गराउनु पर्दछ। त्यो भूमिका सरकारले खेल्नु पर्दछ। यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन। त्यस्तो परिणाम स्वीकार्य हुँदैन। त्यसले देशमा ठूलो अनिष्ट पैदा गर्नेछ। त्यस्तो भयो भने निर्वाचनको परिणाम स्वीकार्य हुने छैन। म अहिलेदेखि स्पष्ट रुपमा जानकारी गराउँछु। जे पनि सरकारले गर्दा हुन्छ भन्ने सोच्यो भने त्यो देशका लागि अनिष्ट हुनेछ। खुदै सरकारका लागि पनि अनिष्ट हुनेछ।

     

    images
    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १३:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij