Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

आइतबार नेप्सेमा नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्ब बढीको कारोबार

आइतबार नेप्सेमा नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्ब बढीको कारोबार


  • 5.9K
    Shares

    आइतबार नेप्सेमा नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्ब बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ जेठ ३० गते आइतबार नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । 

    त्यस्तै, आज नेप्से २४।५७ अंकले घटेर तीन हजार एक सय ५४ दशमलब ३४ विन्दुमा थामिएको छ । आज कारोबार भएका तीन समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । 

    त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य २४२.५ रुपैयाँले बढेर प्रतिकित्ता २६६८ रुपैया, युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७७.७० रुपैयाँले बढेर प्रतिकित्ता ८५४.७० रुपैयाँ र आईसीएफसी फाइनान्स कम्पनीको ८९ रुपैयाँले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ ।    

    नेप्सेका अनुसार एनआईबीएल प्रगति फण्ड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यस कम्पनीको आज एक अर्ब भन्दा  बढीको कारोबार भएको छ ।          

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १६:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij