Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

आइतबार नेप्सेमा नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्ब बढीको कारोबार

आइतबार नेप्सेमा नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्ब बढीको कारोबार


  • 5.9K
    Shares

    आइतबार नेप्सेमा नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्ब बढीको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ जेठ ३० गते आइतबार नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । 

    त्यस्तै, आज नेप्से २४।५७ अंकले घटेर तीन हजार एक सय ५४ दशमलब ३४ विन्दुमा थामिएको छ । आज कारोबार भएका तीन समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । 

    त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य २४२.५ रुपैयाँले बढेर प्रतिकित्ता २६६८ रुपैया, युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७७.७० रुपैयाँले बढेर प्रतिकित्ता ८५४.७० रुपैयाँ र आईसीएफसी फाइनान्स कम्पनीको ८९ रुपैयाँले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ ।    

    नेप्सेका अनुसार एनआईबीएल प्रगति फण्ड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यस कम्पनीको आज एक अर्ब भन्दा  बढीको कारोबार भएको छ ।          

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १६:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij