Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ब्वाईफ्रेण्डसँग सेक्स गर्नेलाई हानियो १०० कोर्रा,प्रेमिका एकाएक भईन बेहोस

ब्वाईफ्रेण्डसँग सेक्स गर्नेलाई हानियो १०० कोर्रा,प्रेमिका एकाएक भईन बेहोस


  • 11.0K
    Shares

    ब्वाईफ्रेण्डसँग सेक्स गर्नेलाई हानियो १०० कोर्रा,प्रेमिका एकाएक भईन बेहोस
    images

    इण्डोनेसियामा एक महिलालाई आफ्ना ब्वायफ्रेण्डसँग बिहे नगर्दै शारीरिक सम्बनध बनाएको अभियोगमा १०० पटक लौरोले कुट्ने सजाइ दिइएको छ । सजाय दिने क्रममा यी महिलाको हालत यतिसम्म बिग्रियो कि उनी कुटाइ सहन नसकेर बेहोस भएर ढलिन् । उनीसँगै उनका ब्वायफ्रेण्डलाई पनि १०० लौरो कुट्ने सजाय दिइएको थियो ।

    द सनका अनुसार इण्डोनेसियाको अकेह प्रान्तको होक्स्योमावे सहरमा यो घटना भएको हो । यो जोडीलाई सार्वजनिक रुपमा सबैको अगाडि सजाय दिइँदै थियो । सुरुमा त यी महिलाले पीडा सहँदै रहिन् चर विस्तारै उनको स्थिति बिग्रिँदै गयो । अन्ततः यी महिला ढलिन् र बेहोस भइन् । स्थानीय टिब्युन न्युजका अनुसार जसले उनीहरुलाई शारीरिक सम्बनधका लागि कोठा उपलब्ध गराएका थिए ती व्यक्तिलाई पनि ७५ पटक लौरो हानिएको छ ।

    यसका अलावा सोही समयमा मदिरा पिएको आरोपमा अन्य २ जनालाई पनि ४०–४० पटक लौरोले हानियो । इस्लामिक पुलिस प्रमुख जुल्किफिलका अनुसार सजाय पाएर बेहोस भएकी महिलालाई त्यहाँबाट लगिएको थियो । इण्डोनेसियाको अकेह क्षेत्रमा इस्लामिक शरिया कानुन लागू गरिएको छ । पूरै इण्डोनेसियामा यो पान्त मात्र यस्तो क्षेत्र हो जहाँ शरिया कानुन लागू गरिएको छ । यहाँ करिब ५० लाख मानिस बस्छन् जसमध्ये ९८ प्रतिशत मुस्लिम छन् ।

    २००१ मा इण्डोनेसिया सरकारले यस क्षेत्रलाई स्वायत्तता दिएको थियो । त्यसपछि यहाँ शरिया कानुन लागू गरिएको हो । यस क्षेत्रमा मदिरा पिउन, बिहेअघि शारीरिक सम्बन्ध राख्न र समलिंगी शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध छ । यदि यसो गरेमा निकै दर्दनाक तरिकाले लौरेले हानेर सजाय दिइन्छ । मानवअधिकारवादीहरु यो सजायको आलोचना गर्छन् तर यहाँका नागरिक भने यो कानुनको पूर्ण समर्थन गर्छन् । कोरोना कालमा पनि यसरी सजाय दिने क्रम जारी थियो ।

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १३:५२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij