Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१ बजेतिर पहिचान नखुलेका व्यक्तिहरूले राष्ट्रपतिको गोली हानेर गरे हत्या

१ बजेतिर पहिचान नखुलेका व्यक्तिहरूले राष्ट्रपतिको गोली हानेर गरे हत्या


  • 7.9K
    Shares

    १ बजेतिर पहिचान नखुलेका व्यक्तिहरूले राष्ट्रपतिको गोली हानेर गरे हत्या
    images

    हाइटीका राष्ट्रपति जोभेनेल मोइसलाई आफ्नै घरमा गोली हानेर हत्या गरिएको छ। त्यहाँका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले राष्ट्रपतिको हत्या भएको जानकारी दिएका हुन्  । 
     

    त्यहाँको समयअनुसार बुधवार बिहान १ बजेतिर पहिचान नखुलेका व्यक्तिहरूको समूहले राष्ट्रपतिको निजी निवासमा आक्रमण गरेका थिए । 
    तीमध्ये केहीले स्पेनी भाषा बोलेको बताइएको छ । 

    गोली प्रहारमा परी राष्ट्रपतिलाई हत्या गरेको उक्त समूहले प्रथम महिलालाई पनि घाइते बनाएको अन्तरिम प्रधानमन्त्री जोसेफको कार्यालयले विज्ञप्ति जारी गरेर जनायो । 

    आफूले अहिले देशको प्रशासन चलाइरहेको जोसेफले बताए । 

    यस हत्यालाई अमानवीय र बर्बर संज्ञा दिँदै जोसेफले शान्ति बहालीका लागि आह्वान गरे । प्रहरी र सेनाले सुरक्षा स्थिति सम्हालिसकेको जानकारी पनि उनले दिए । 

     

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - १६:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij