Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भारतमा दैनिक २.३४% कोरोना सङ्क्रमित, ९७.०९ सङ्क्रमणमुक्त

भारतमा दैनिक २.३४% कोरोना सङ्क्रमित, ९७.०९ सङ्क्रमणमुक्त


  • 8.1K
    Shares

    भारतमा दैनिक २.३४% कोरोना सङ्क्रमित, ९७.०९ सङ्क्रमणमुक्त
    images

    भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् ।

    लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम सङ्क्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८५ हजार ३५० रहेको छ ।

    पछिल्लो एक हप्तामा भारतमा थप नयाँ सङ्क्रमितहरुको सङ्ख्या २.४४ प्रतिशत रहेको छ, भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ । भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ 

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १३:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij