Logo

२०८३ मंसिर १२ गते शनिवार

२०८३ मंसिर १२ गते शनिवार

Advertisement

Advertisement

अमेरिकी डलर हालसम्मकै सबैभन्दा महँगो, कुन मुद्राको भाउ कति ?

अमेरिकी डलर हालसम्मकै सबैभन्दा महँगो, कुन मुद्राको भाउ कति ?

images

  • 337
    Shares

    अमेरिकी डलर हालसम्मकै सबैभन्दा महँगो, कुन मुद्राको भाउ कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबैजसो मुद्राको मूल्य बढेको थियो। 

    आज अमेरिकन डलर १ को खरिददर १४८  रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा  थियो। 

    गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६२ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा थियो। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा थियो। 

    आज कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा थियो। 

    त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ८२ पैसा बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९१ रुपैयाँ ५४ पैसा बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा थियो। 

    त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। 

    प्रकाशित मिति :मंसिर १२ २०८३ शनिवार - ०८:०६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij