Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

आज अमेरिकी डलर पनि सस्तियो, कुन मुद्राको विनिमयदर कति ?

आज अमेरिकी डलर पनि सस्तियो, कुन मुद्राको विनिमयदर कति ?

images

  • 372
    Shares

    आज अमेरिकी डलर पनि सस्तियो, कुन मुद्राको विनिमयदर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि अमेरिकी डलर, बहराइन दिनार बाहेक यी सबैजसो मुद्रा सस्तिएका थिए। 

    आज अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा थियो। 

    गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी युरो १ को खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिददर १६२ रुपैयाँ १६  पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा थियो। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा थियो। 

    आज अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा थियो। 

    आज कुवेती दिनार १ को खरिददर ४७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७८ रुपैयाँ ५८ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४७९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा थियो। 

    त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९० रुपैयाँ ६३ पैसा बिक्रीदर ३९२ रुपैयाँ २२ पैसा छ। हिजो  बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ४५ पैसा बिक्रीदर ३९५ रुपैयाँ ०५ पैसा थियो। 

    त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। 

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर

    Screenshot_2026-11-26_042035_yI10MR2bai.png

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - ०५:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij