Logo

२०८३ मंसिर १२ गते शनिवार

२०८३ मंसिर १२ गते शनिवार

गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सीडीओ परिवर्तन

गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सीडीओ परिवर्तन

images

  • 267
    Shares

    गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सीडीओ परिवर्तन
    images

    काठमाडौं । गृह मन्त्रालयले पर्सासहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा तथा पदस्थापन गरेको छ।

    गृहले शुक्रबार गरेको निर्णयनुसार राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो।

    गृह मन्त्रालयको निर्णयअनुसार पर्सा, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली जिल्लाका सीडीओ फेरिएका हुन्।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ।

    यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

    यसैगरी गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ।

    प्रकाशित मिति :मंसिर १२ २०८३ शनिवार - ११:११:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij