Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

रवि–बालेन पाँच घण्टा छलफल, के भयो कुराकानी ?

रवि–बालेन पाँच घण्टा छलफल, के भयो कुराकानी ?

images

  • 239
    Shares

    रवि–बालेन पाँच घण्टा छलफल, के भयो कुराकानी ?
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् ।

    सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बुढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनास आचार्यका अनुसार, सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो ।

    छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी गराएका थिए । भेटमा संसद बैठक आव्हान, विधेयक, अध्यादेश लगायतमा पनि छलफल भएको थियो ।

    मन्त्री, मन्त्रालय र सरकारका काम कारबाहीबारे कुरा भएको स्वकीय सचिव आचार्यले जानकारी गराए । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण लगायतका विषयमा पनि भेटमा छलफल भएको थियो ।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १९:३०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij